प्रकाशन संघ, प्रदेश र स्थानीय सरकारहरु बीच वार्षिक योजना तयारी र प्राथमिकतामा छलफल

संघ, प्रदेश र स्थानीय सरकारहरु बीच वार्षिक योजना तयारी र प्राथमिकतामा छलफल

यो प्रतिवेदन दि एशिया फाउण्डेशनले स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत राष्ट्रिय योजना आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेशका नीति र योजना आयोग, स्थानीय सरकार संघ/महासंघका साथै साझेदार नगरपालिकाहरुका बिच आयोजना गरेको एक उच्चस्तरीय छलफल कार्यक्रमको सारांश हो। १ मे, २०२० मा आयोजित उक्त छलफलको मुख्य उदेश्य अन्तरसरकार सम्बन्ध सुदृढीकरण गर्नका लागि साझा-मञ्च उपलब्ध गराउँदै आगामी वर्षको योजना तथा बजेट निर्माण प्रक्रियामा सरकारहरु बीच समन्वय बढाउन सहयोग गर्ने रहेको थियो ।