प्रकाशन नगरपालिकाहरूबीच साझा सम्वादको संक्षेपः विद्यमान नगर शासनका मुद्दाहरूको पहिचान

नगरपालिकाहरूबीच साझा सम्वादको संक्षेपः विद्यमान नगर शासनका मुद्दाहरूको पहिचान

साझेदारी अन्तर्गत विद्यमान नगर शासन मुद्दाहरूको पहिचान गर्ने एजेण्डासहित कार्यान्वयन साझेदार संस्था कमिटेडले १८ र १९ डिसेम्बर, सन् २०१७ मा मेयर, उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृत सम्मिलित ११ साझेदार नगरपालिकाहरूबीच दुई दिने साझा सम्वादको आयोजना गर्यो । उक्त साझा सम्वादमा अन्य वरिष्ठ नगरपालिका अधिकारीहरू, शासन सल्लाहकार तथा सम्बन्धित सरोकारवालाहरू पनि सहभागी थिए ।

  • नेपाल सङ्घीयतातर्फ लाग्दै गर्दाका प्रारम्भिक दिनमा नगरपालिकाहरूको उपलब्धि तथा विफलता,
  • आउँदा दिनका लागि प्राथमिकता सहितका कार्यक्षेत्र,
  • नगरपालिकाहरूले सम्बोधन गर्नुपर्ने आवश्यकता र चुनौतीहरू र
  • ती आवश्यकताहरू र चुनौतीहरूको सम्बोधनमा रहेका बाधा अडचनहरू ।