प्रकाशन कोभिड—१९ महामारीले स्थानीय तहको वार्षिक योजना कार्यान्वयन तथा आगामी योजना निर्माणमा पारेको प्रभाव

कोभिड—१९ महामारीले स्थानीय तहको वार्षिक योजना कार्यान्वयन तथा आगामी योजना निर्माणमा पारेको प्रभाव

यो प्रतिवेदन दि एशिया फाउण्डेशनले स्थानीय शासन सबलीकरण कार्यक्रम संचालन गरिरहेका ७ वटै उपमहा/नगरपालिकाहरुका नगर प्रमुखहरु लगायत उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुसँग मिति २०७७ साल बैशाख ८ मा गरेको भिडियो छलफलमा सहभागीहरुले राखेको विवरण तथा विचारहरुमा आधारित छ ।

बन्दाबन्दीका कारण स्थानीय सरकारका अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द भएर चालू आर्थिक वर्षको योजना कार्यान्वयन र आगामी वर्षको योजना निर्माण (माग संकलन, छनौट र बजेट व्यवस्थापनमा) मा उल्लेख्य असर परिरहेको सन्दर्भमा सो विषयमा छलफल गर्न र विज्ञहरुसँग आवश्यक परामर्श लिनका लागि स्थानीय तहलाई सहयोग होस् भन्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा पालिकाका पादाधिकारी र प्रतिनिधिका अलावा नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख — अशोक कुमार व्यान्जु, विज्ञहरु पूर्णचन्द्र भट्टराई र डा. खिमलाल देवकोटा र अष्ट्रेलियन सरकार र बेलायती विकास नियोगका प्रतिनिधिका रुपमा क्रमशः कामाक्षी राई याक्थुम्बा र सुदिप पोखरेलको सहभागिता रहेको थियो ।